बलिउड प्रवेशका लागि फोटो सुट गर्दै शाहरूखकी छोरी सुहाना

बलिउड नायक शाहरूख खानकी छोरी सुहाना बलिउड प्रवेशका लागि फोटो सुट गर्ने तयारीमा रहेकी छिन् । सुहानाकी आमा गौरी खानले छोरी सुहानी फोटो सुटको तयारीमा रहेको जानकारी दिएकी छिन ।

सुहाना एउटा म्यागजिनका लागि फोटोसुटको तयारी गरिरहेकी छिन ’ एक अवार्ड सोमा सहभागी गौरीले , ‘यो सुहानीको पहिलो खुट्किलो हो उनी कुनै म्यागजिनको कभर फोटोमा आउँदै छिन् ।’भनेकी छिन ।

मुम्बईमा आयोजित प्रायः इभेन्टमा स्टाइलिस लुक्सका कारण चर्चामा आएकी सुहानी मुम्बईमा रहेको धिरुभाइ अम्बानी इन्टरनेसल स्कुलमा अध्ययनरत छिन् । नृत्य र खेलकुदमा उनको विषेश रुचि रहेको छ ।