५३ औ जन्मदिन मनाउदै आमिर खान

आज मार्च १४ आमिर खानको जन्मदिन हो । उनि आजबाट ५२ वर्ष  पुरा भएर  ५३ मा लागेका  छन् । उनि आफ्नो जन्मदिन सामान्य तरिकाबाट घरमै आमाले बनाएको खाना खादै साथी र परिवारहरु सँग केक काटेर मनाउने गर्दछन ।

मुम्बईमा जन्मिएका आमिर  फिल्ममा आउनु भन्दा अघि टेनिस खेलाडी थिए । उनले प्रान्तियस्तरमा केहि च्याम्पियनसिपमा भाग पनि  लिएका थिए । साथै अन्डर १२–१४ उमेर समूहका उनि च्याम्पियन समेत बनेका थिए ।

१९७३ मा ‘यादो की बारात’ फिल्मबाट कलाकारिता क्षेत्रमा प्रवेस गरेका उनलाई निकैले रुचाउने गर्दछन । अहिले अमिर वर्षमा एउटा फिल्म मात्र खेल्ने गर्दछन । भने कुनै समय वर्षमा ५ ओटा सम्म फिल्महरुमा उनले अभिनय गरेका थिए ।