बिहेको ३ वर्षपछी एक्टरको निधन, शाहरुख र सलमान सँग गरेका थिए स्किन सियर

बलिउडका अभिनेता नरेन्द्र झाको आज बिहान हृदयघातको कारण ५५ वर्षको उमेरमा निधन भएको छ । बिहान ५ बजे  फाम हाउस पुगेका झाको सोहि समय हृदयघातको कारण उनको फाम हाउसमा निधन भएको हो ।

उनको निधनले बलिउडमा मात्र नभएर उनका  सम्पुर्ण फ्यानहरुलाई समेत झट्का लागेको छ ।

उनको अन्तिम सस्कार पनि फाम हाउसमै गरिने भएकोले उनको सम्पुर्ण परिवार फाम हाउस पुगिसकेका छन् । उनले ३ वर्ष अगाडी मात्र सेन्सर बोडकि पूर्व CEO पंकजा ठाकुर सँग विवाह गरेका थिए ।

उनले विभिन्न फिल्महरुमा शाहरुख, सलमान सँग स्किन सियर गरिसकेका छन् । भने २० भन्दा बढि टिभी सिरिजहरुमा काम गरेर उनि निकै चर्चामा रहेका छन् । उनि अब सलमान खानको रेस ३ र प्रभासको साहोमा पनि देखिनेवाला थिए ।