चर्चित गायक उदित नारायण झाका छोरा आदित्य नारायण माथि केस दर्ता

चर्चित गायक उदित नारायण झाका छोरा आदित्य नारायणले चलाई रहेको गाडीले एक रिक्सालाई ठक्कर दिएका छन । रिक्सालाई ठक्कर दिनसाथ उनलाई प्रहरीले पक्राउ गरेको छ ।
मुम्बईको अन्धेरीमा आदित्यले चलाइरहेको गाडीले सो रिक्सालाई ठक्कर दिएको भारतीय मिडियाले जानकारी दिएको छ ।

उनी विरूद्ध प्रहरीले इन्डियन पेनल कोडको ३३८ तथा २७९ आइपिसी अन्तरगतको केस दर्ता भएको छ । पछिल्लो पटक उनी विमानस्थलका कर्मचारीसँग विवाद गरिरहेको भिडियो पनि सार्वजनिक भएको थियो । र त्यसबाट पनि केहि विवाद उत्पन्न भएको थियो ।