यो के गर्दैछिन सन्नी लियोनि

बलिउडमा निकै चर्चामा रहने सन्नी लियोनि पछिल्लो केहि समयदेखि आफुलाई पोर्नस्टार भन्दा पनि नायिकाको रुपमा देखाउन प्रयासरत रहेकी छिन् । सामाजिक संजालमा आफ्नो बोल्ड तस्विर सेयर गरेर चर्चामा आउने गरेकी पूर्व पोर्नस्टार तथा बलिउड नायिका सन्नीले आफ्नो इंस्टाग्राम एकाउन्टमार्फत एक तस्विर सार्वजनिक गरेकी छिन् । जसमा उनलाई चिया पकाईरहेकी देखिएकी छिन । तर सन्नीको चिया बनाउने तरिका भने अलि फरक देखिएको छ । मानिसहरुले उनको तस्विरमा विभिन्न प्रकारको कमेन्ट गरेका छन् । तस्बिरमा उनले चिया पकाईरहेकी देख्दा जो कोहीलाई पनि यो लग्न सक्छ कि उनले चिया हैन फ्यान फकाइरहेकी छिन ।
तस्बिरमा सन्नीले पिङ्क कलरको सानो किट्लीलाई एउटा लठ्ठीको सहारामा झुन्ड्याएकी छिन् भने सन्नीले त्यसै किट्लीको तल लाइटर बालेकी छिन् । उक्त तस्विरमा सन्नीले क्याप्सन लेखेकी छिन्, ‘कृपया लाइटरले मात्र चिया नबनाउनुहोस । यसले काम गर्दैन । मैले ट्राइ गरे तर फेल भयो ।’ सन्नीको यस्तो स्टाटससहितको फोटो देखेर कतिले राम्रो प्रतिक्रिया दिएका छन् भने कत्तिले नराम्रो प्रतिक्रिया दिएका छन् । उनको चिया बनाउन लागेको यो तस्विर यतिबेला सामाजिक संजालमा निकै भाइरल भईरहेको छ ।