शुभ मुर्हत सहित फिल्म भीमसेनको औपचारिक घोषणा

फिल्म भीमसेन बन्ने भएको छ। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गराउदै फिल्मका निर्माण टिमले औपचारिक घोषणा सहित फिल्मको शुभ मुर्हत सम्पन्न गरेको छ। युवी फिल्म्स ग्यालरीको तेश्रो प्रस्तुतिमा बन्न लागेको फिल्म भीमसेन कमेडी, लभ र एक्सनप्रदान पनि रहने निर्माण टिमले जानकारी दिएको छ।

काठमाडौँ आसपासका क्षेत्रमा छायांकन गरिने फिल्मलाई भोमन कटुवालले निर्देशन गर्नेछन भने फिल्ममा कला राईको लगानी रहने छ। राजु किरातीको द्वन्द, रञ्जन ढुंगेलको संवाद, भोमन कटुवालको कथा, पुस्कर सुनुवारको संगीत, पवन गौतमको छायांकन र अनिल महर्जनको सम्पादन रहने फिल्ममा कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, राजन महर्जन, अजिता पौडेल, कल्याण अधिकारी, महेन्द्र कुमार राई लगायतका कलाकारहरु को अभिनय रहने छ फिल्म यहि जेठ १२ गतेबाट देशभर प्रदर्शनमा आउने जानकारी समेत  निर्माण टिमले दिएको छ।