प्रमोद खरेलको स्वरमा अनुजको रोदन

पछिल्लो समयमा एक पछि अर्को गर्दै म्युजिक भिडियोमा जम्दे गरेका मोडल अनुज चिलुवालको अभिनय रहेको अर्को सेन्टीमेन्टल गितको भिडियो सार्वजानिक भएको छ ।

प्रमोद खरेलको स्वरमा सजिएको तिम्रो सम्झनामा बोलको उक्त गितमा नायिका निता ढुंगानाले चिलुवाललाई धोका दिई परपुरुष अर्थात भिडियोका अर्का मोडल जित सागर संग नजिकिन पुगे पछि कथाले अर्को मोड लिन पुगेको भिडियोमा देखाउन खोजेको छ ।

जिवन शाहिको निर्देशनमा तयार भएको यो गीतमा दिपक शर्माको संगीत रहेको छ । राजु केसीले खिचेको यस गीतलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् । शमसेर श्रेष्ठले यस भिडियोमा लगानी गरेका छन् ।

झण्डै एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका अनुजले प्रमोद खरेल र निता ढुंगाना संग गरेको सहकार्य यो दाश्रो पटक हो ।