सुटिंगको क्रममा अमिता बच्चनको स्वास्थमा गडबडी: डाक्टरको टिम चार्टर्ड विमानबाट जोधपुर जादै

बलिउडका महानायक अमिता बच्चन अहिले फिल्म ‘ठग्स ऑफ हिंदोस्तान’ को छायांकनको लागि राजस्थानमा छन् । भारतीय संचारकर्मीका अनुसार, फिल्मको छायांकन भइरहेको छ । तर बच्चनको स्वास्थमा भने केहि गडबडी आएको छ ।
उनको अवस्थालाइ मध्य नजर गर्दै मुम्बईबाट डाक्टरको टिम चार्टर्ड विमानबाट जोधपुरको लागि निस्की सकेका छन् ।

अमिता बच्चनले उनको ब्लगमा भनेका छन्, बिहानको ५ बजे एउटा नया बिहानीको सुरुवात, केहि मान्छेहरु बाच्नको लागी काम गर्छन र मेहेनत गर्छन, यहाँ गारो छ, अप्ठयारो बिना केहि पाईदैन,धेरै संघर्ष,निराशा अनि दुख अनि पसिना अनि आशु हुन्छन ।, त्यस पछी मात्र सफलता प्राप्त हुन्छ …कहिले हुन्छ कहिले  हुदैन पनि, जब उसले हुदैन भन्छ  तब आफुले आफ्नो राम्रो दिनु आवश्यक हुन्छ । ,

साथै उनले भनेका छन, म भोलि मेरो डाक्टरको टिमलाई बोलाउनेछु र उनीहरुले मलाई फेरी पहिला जस्तै ठिक बनाई दिन्छन । त्यस पछी के हुन्छ म तपाईहरुलाई खबर गरिरहन्छु ।