सांगीतिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउदै गायिका पारु रंजित

नेपाली गीतसंगीतको क्षेत्रमा छुटै पहिचान बनाउदै गायिका पारु रंजितले उनको नयाँ गीत ‘हिउँ जस्तै सफा मन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन ।

गीतको छायांकन कालिन्चाेक र्स्थित हिउँ परेको समयमा गरिएको छ । भने गीतमा कालिन्चोकका निकै मनमोहक दृश्यहरुलाई समावेस गरिएको छ ।

बसन्त निरौला निर्देशित भिडियोको निर्माता जुडो खेलका मुख्य प्रशिक्षक विरेन्द्र रंजित रहेका छन् । पवित्र अाचार्य कोरियोग्राफर रहेको भिडियोलाई दिव्य सुवेदी खिचेका हुन् । भने समापन सुप्रिम पराजुलीले गरेका छन् ।

नेपालीहरुको देशप्रतिको प्रेम तथा राष्ट्रभाव बोकेको यो गीतले सबैले आफ्नो गाउठाउँ, आफ्नो देशको सधै माया गर्नु पर्छ । हामी नेपाली हो, लेक,बेसी, पहाड पर्वतनै हाम्रो पहिचान हो भन्ने सन्देश दिएको छ ।

हेर्नुहोस भिडियो: