दयाको नेगेटिभ भूमिका सहित आयो नेप्टेको ट्रेलर

काठमाडौँ- केहि समय अघि  दिल रानी र सुपारी काचो बोलको २ वटा गीत सार्वजनिक गरेर चर्चामा रहेकोच हल्चित्र नेप्टेको अफिसियल  सार्वजनिक भएको छ। सोमबार काठमाडौँ मा पत्रकार सम्मेलन  गराउदै चलचित्रका निर्माण टिम ट्रेलर सार्वजनिक  हो । सर्वाजिनिक ३ मिनेट ११ सेकेन्ड लामो ट्रेलरमा अभिनेताहरु  दयाहाङ राई, रोहित रुम्बा, बुद्धि   तामांग का साथै छुल्टिम गुरुङ र पुर्णिमा लामा   फिचरिंग भएका छन। कमेडी  जनरामा बनेको नेप्टेमा दया पहिलो पटक नेगेटिभ भूमिकामा प्रस्तुत बहेको जानकारी निर्माता रोहित रुम्बाले दिएका छन ।

आर रोशफी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा अन्य कलाकारहरु अर्जुन गुरुङ, प्रनिशा सिलवाल लगायतको मुख्य अभिनय छ ।  रोहित कै प्रस्तुतिमा तयार भएको यस चलचित्रमा देव कुमारको निर्देशन रहेको छ  भने बाबु बोगटी, सन्तोष राई, रोहितको संगीत, हरि घले लामाको छायांकन, कविराज गहतराजको करियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व र तारा थापाको सम्पादन समावेश छन् । चलचित्र यहि चैत्र ३० गतेबाट देशभर प्रदर्शन हुँदैछ।