बलिउडका ३ चर्चित नायिका, जसको मृत्यु रहस्यमय रहयो

बलिउड भन्न साथ जो कोहीको पनि ध्यान आकर्शित हुने गर्दछ । बलिउड एउटा यस्तो क्षेत्रको रुपमा रहेको छ, जसलाई हरकोहीले रुचाउने गर्दछन । आज हामी तपाईहरुलाई बलिउडका ३ चर्चित नायिकाको बारेमा बताउन गईरहेका छौ ।  जसले कम समयमानै बलिउडमा निकै सफलता हासिल गरेका थिए  ।  र उनीहरु मृत्यु समेत कम समयमा अचानक भएको थियो ।

बलिउडका ३ चर्चित नायिका, जसको मृत्यु रहस्यमय भएको थियो ।

श्रीदेवि

बलिउडकी चर्चित नायिका  श्रीदेवीको मृत्यु बाथटपमा डुबेर भएको खबर सार्वजनिक भएको थियो । श्रीदेविको मृत्यु फेबु्रअरी २४ को राति दुबईमा भएको थियो । उनको मृत्युले बलिउड मात्र नभएर अन्य विभिन्न देशहरुमा रहेका उनका फ्यानहरुलाई समेत निकै दुखि बनाएको छ । उनले मोम, नागिन, लम्हे, ईंग्लिश विंगलिंस जस्ता विभिन्न फिल्महरुमा अभिनय गरेकी थिन ।

दिब्या भारती

बलिउडकी अर्की चर्चित नायिका दिब्या भारतीको मृत्यु १९९३ अप्रिल ५ मा १९ वर्षको उमेरमा भएको थियो ।

हिन्दी र तलेगु लगाएतका विभिन्न फिल्महरुमा अभिनय गरेकी भारतीले सानै उमेरमा धेरै सफलता प्राप्त गरेकी थिन । उनको मृत्यु एक अपार्टमेन्टको कौसीबाट खसेर भएको भनिएता पनि उनको मृत्युलाई हत्याको नाम दिएर विवाद समेत भएको थियो । तर अहिले सम्म पनि उनको मृत्यु रहस्यनै रहेको छ । उनले दीवाना, रंग, शोला ओर सबनम, गीत लगाएतका फिल्महरुमा अभिनय गरेकी थिन ।

स्मिता पाटिल

बलिउडकि अर्की चर्चित नायिका स्मिता पाटिल जसको मृत्यु बच्चा जन्मिदा उत्पन्न प्रसुतीजन्य जटिलताका कारण भएको भनिएको थियो ।

उनले हिन्दी र मराथी लगाएत ८० भन्दा बढी फिल्महरुमा अभिनय गरेर सफलता प्राप्त गरेकी थिन । दुई वटा राष्ट्रिय चलचित्र पुरस्कार समेत पाएकी स्मिताको मृत्यु १९८६ को १३ डिसेम्बरमा ३१ वर्षको उमेरमा भएको थियो । उनले अर्थ, भूमिका, वासिस, मिर्च मसाला लगाएतका धेरै फिल्महरुमा अभिनय गरेकी थिन ।