‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीत सार्वजनिक(लिरिकल भिडियोका साथमा)

नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीत सार्वजनिक भएको छ । गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर/संगीत रहेको यो लिरिकल भिडियो हो ।

लिरिकल भिडियोमा फिल्ममा समावेश केहि रोचक तस्विरहरु देखाइएको छ । भने गीतको एनिमेड भिडियोलाई विजय बस्यालले तयार पारेका हुन् ।

विशाल भण्डारी निर्देशित फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्म बैशाख १४ बाट प्रर्दशनमा आउने तयारीमा रहेको छ ।
हेर्नुहोस लिरिक भिडियो: