कलाकार बन्ने सुनौलो अवसर:‘नेपाल्स मेघा सिनेस्टार’ रियालिटी शो हुदै

नेपालमा पछिल्लो समय धेरै ‘रियालिटी शो’ हुदै आएको हामी सबैलाई थाहा नै छ । नेपाली मनोरज्न्जन क्षेत्रमा थुप्रै रियालिटी शो हरु भैरहेको बेलामा अर्को एउटा फरक खालको ‘रियालिटी शो’ हुने भएको छ ।
‘ओ मेगा इन्टरटेनमेन्ट’ ‘नेपाल्स मेघा सिनेस्टार’ नामक रियालिटी शो गर्ने भएको छ । सोमबार राजधानीको मल्ल होटलमा एक भब्य कार्यकमका बीच उक्त रियालिटी शो को औपचारिक घोषणा गरिएको छ ।
कार्यक्रममा अभिनेता सरोज खनाल, निर्माता तथा निर्देशक आकाश अधिकारी चलचित्र वितरक गोपालकाजि कायस्थ, प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आयोजकहरुले कार्यक्रमको बारेमा नियम हरुको बारेमा बताएका थिए । उक्त रियालिटी शो मा भाग लीनेले अभिनय गर्नु पर्ने छ । कार्यक्रममा चर्चित गीतकार तथा निर्देशक यादब खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खरेलले छरिएर रहेका प्रतिभाहरुलाई यो ‘रियालिटी शो’ ले अबसर दिनेमा आफु बिस्वस्त रहेको बताएका थिए ।
उनले ‘ओ मेगा इन्टरटेनमेन्ट’ ले राम्रो शो गर्न लागेकोले बधाई तथा शुभकामना पनि प्रदान गरेका थिए ।