फिल्म अनुरागको “तिम्रो स्वरमा स्वर मिलाई’ बोलको लिरिकल भिडियो सार्वजनिक

नेपाल आइडलका प्रताप दासको स्वरमा फिल्म अनुरागको “तिम्रो स्वरमा स्वर मिलाई’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ ।
गीतमा सरोज पोखरेलको संगीत,सत्य राज चौलागाईंको शब्द रहेको उक्त लिरिकल भिडियोलाई टेकेन्द्र शाहले सम्पदान गरेका हुन् ।

निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य भूमिका रहेको छ । भने फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति रहेको फिल्ममा भरत गौतम र गीता भेटवालको लगानी रहेको छ । एक पृथक संगीतिक प्रेमकथामा बनेको फिल्मलाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको छ । फिल्ममा लाइन प्रोडुसर दिपक गौतम,निर्माण नियन्त्रक नविन पुरी तथा फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ । उक्त लिरिकल भिडियो ओ एस आर डिजिटल युट्युव चानल सार्वजनिक गरिएको छ ।
फिल्म जेष्ठ ११ गतेबाट  प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

हेर्नुहोस लिरिकल भिडियो: