अन्जु पन्त र रोशन गैरेको मायाको जुहारी ‘हाम्रा बा लाई थर्काउ ’(भिडियो सहित)

रशिका डिजिटलको प्रस्तुतिमा नेपाली सुगम संगीतमा स्थापित बनिसकेकी गायिका अन्जु पन्तले आफनो सुमधुर आवाजमा रोइला गित ‘हाम्रा बा लाई थर्काउ ’मा गायक रोशन गैरे र गायिका अन्जु पन्तको गीत बजारमा आएको छ । निकै रमाइलो गीतमा माया प्रेमको जुहारी समेटिएको छ । युवायुवतिको प्रेम कथालाई गितमा समेटिएको छ । निकै राम्रो रोइला गीतलाई आम दर्शक तथा श्रोताले अधिम मात्रा मनपराउने अपेक्षा लिएको गायिका अन्जु ले बताइन । मौलिक र उत्कृष्ट रोइला गीत ल्याएको भन्दै आम दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया आएको छ । गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ, त्यतिनै उत्कृष्ट भिडियो बनेको छ । रोशन गैरेको उत्कृष्ट शब्द सिर्जना तथा संगितमा बनेको गितमा करिष्मा ढकाल र रोशन गौरेको अभिनय रहेकोे छ ।काजिश श्रेष्ठको निर्देशन रहेको उक्त गीतको छायांकन भने सागर गौत्तमले गरेका हुन् । रोशन गैरे आफैले सम्पादन गरेको भिडियोलाई म्युजिक नेपालका  युटुब चयानलमा अपलोड गरिएको छ ।
हेर्नुहोस भिडियो: