यस वर्षको ओस्कार अवार्ड जित्न सफल फिल्म’ द सेफ द वाटर’

फिल्म ‘द सेफ द वाटर’ले यस वर्षको ओस्कार अवार्ड जित्न सफल भएको छ । १३ विधामा मनोनीत हुँदै यसअघि नै चर्चामा रहेको ‘द सेप अफ वाटर’ अन्य तीन विधासहित यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट फिल्म बनेको छ । आइतबार राति हलिउडको डल्बी थिएटरमा चलेको ९० औं अवार्ड समारोहमा ‘द सेप अफ वाटर’ ले उक्त विधामा प्रतिस्पर्धी आठ फिल्मलाई उछिनेको थियो ।

‘द सेफ द वाटर’का निर्देशक गुइलेर्मो डेल तोरो यस वर्षको सर्वोत्कृष्ट निर्देशक बन्न सफल भएका छन् भने डार्केस्ट आवर फिल्मका अभिनेता ओल्डम्यानले यस वर्षको उत्कृष्ट अभिनेताको पुरस्कार जित्न सफल भएका छन् । फिल्मकी अभिनेत्री फान्सेस् म्याकडोरमण्डले फिल्म थ्री बीलबोर्डस् आउटसाइड ड्बीइङबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् ।

यस्तै प्राविधिक तर्फका तीन विधामा साउन्ड एडिटिङ, साउन्ड मिक्सिङ र फिल्म एडिटिङमा अवार्ड जित्दै ‘डनकर्क’ चाहिँ ‘द सेप अफ वाटर’ पछि यस वर्षको बढी ओस्कार जित्ने फिल्म बन्न सफल भएको छ । चिलीको ‘अ फेन्टास्टिक वुमन’ले विदेशी भाषी फिल्म तर्फको उत्कृष्ट अवार्ड जित्न सफल भएको थियो ।