आजबाट वैवाहिक बन्धनमा बाधिइन नायिका आशिष्मा नकर्मी

नायिका आशिष्मा नकर्मी आज विवाह बन्धनमा बाधिएकी छिन । आशिष्माले हाल अमेरिका बस्दै आएका नविन्द्रचन्द्र प्रधानसँग विहे गरेकी हुन् । नेवारी परम्परा अनुसार आशिष्माको विहेको लगन बिहान ११ बजेको साइतमा भएको छ ।

साथीभाइलाई भने ३ बजेपछिमात्रै विहे भोजमा बोलाएको र आजै राति आशिष्माको विदाई दिने उनका परिवारले बताएका छन् । विहे, कालिमाटी व्यांक्वेटमा गरिएको छ । आशिष्माको विहेका लागि उनको परिवारबाट करीब ४ सय र केटाको तर्फबाट ८० जनाजति जन्ति आएका छन् । नेवारी विधिविधान लामो हुने भएपनि, हतारमा विहे गर्न लागेकोले एकैदिनमा बिहेसिध्याउने तयारी गरिएको आशिष्माका बाबु संगीतकार मनराज नकर्मीले बताएका छन् ।