अर्ब डलर कमाउन सफल अश्वेत सुपरहिरोको ‘ब्ल्याक प्यान्थर’

अश्वेत कलाकारको लिड रोल रहेको ब्ल्याक प्यान्थरको सफलता हलिउड फिल्मको ‘बहुपहिचान सिम्बोल’बनेको छ ।

वाल्ट डिज्नीको ब्ल्याक प्यान्थरले विश्वव्यापी रिलिजबाट एक अर्बभन्दा बढीको आम्दनी गरेर कम्पनीको अर्ब डलर आम्दानी कटाउने यो १६ औं फिल्म बनेको छ ।

सुपर हिरोमा आधारित फिल्मको चीनमा रिलिजसँगै १० अंकको आम्दानीले रेकर्ड बनाएको छ । भने अमेरिकामा फिल्मले ५२ करोड डलर कमाउन सफल भयो । अमेरिकाभित्र धेरै कमाउने शीर्ष १० फिल्मभित्र परेको  छ । फिल्मले यो साता ५० करोड डलरभन्दा बढी अन्तरर्राष्ट्रिय बजारबाट कलेक्ट गर्ने अपेक्षा गरिएको डिज्नीले बताएका छन ।

लिड रोलमा अश्वेत सुपरहिरोको यो पहिलो ब्लकबस्टर बनेको छ । ब्ल्याक प्यान्थरले सम्पुर्ण फिल्म उद्योगकै बहुलवादी पहिचान बनाएको ट्रेड विश्लेषकहरुले बताएका छन् ।

फिल्म ब्ल्याक प्यान्थर फ्रेबुअर १६ मा रिलिज भएको थियो ।