रमाइलो हास्य प्रस्तुत संगै पोखरामा प्रचारप्रसार कार्य सम्पन्न:शत्रु गते

चैत्र ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको बहु प्रतिक्षित फिल्म ‘शत्रु गते’ को निर्माण समूह देश दौडाहामा लागेको छ । फिल्मको प्रसार प्रसार गर्ने उद्देश्यले फिल्म निर्माण टिम तथा कलाकारको टोली देश दोडाहामा निस्कीएको हो ।

निर्माण टिमले फागुन २३ गते हेटौडा, २४ गते नारायणघाट, २५ गते बुटवलमा कार्यकम सम्पन्न गरीसकेको पछी पोखरामा पनि आफ्नो प्रचार सहितको कार्यकम सम्पन्न गरेका छन् ।

पोखरा आयोजित कार्यक्रममा किरण केसी,शिबहरि पौडेल,पल शाह,आचल शर्मा,दिपाश्री निरौला लगायतका कलाकारहरुको उपस्थिती रहेको थियो । साथै कार्यकममा दिपाश्री निरौला र हरिवंश आचार्यको रमाइलो हास्य प्रस्तुत गरेका थिए ।