फिल्ममा सफल भएता पनि प्रेममा असफल बलिउडका यी ३ जोडी

बलिउड फिल्म तथा बलिउड नायक नायिका अनि यिनीहरुको प्रेम कथालाई लिएर निकैनै चर्चा हुने गर्दछ । प्राय:सबै देशहरुमा बलिउडका फिल्म साथै नायक नायिका दुवैलाई निकै रुचाईन्छ ।
आज हामी तपाईहरुलाई बलिउडका ३ जोडीको बारेमा बताउन गइरहेका छौ । जसको फिल्ममा रहेको प्रेम कथाहरुले निकै सफलता हासिल गरेको थिए । तर वास्तविक जीवनको प्रेममा भने सफल हुन सकेनन ।
बलिउडका ३ जोडी जसले फिल्ममा सफलता हासिल गरे तर प्रेममा भने सफल हुन सकेनन ।

सलमान खान र ऐश्वर्या राय

फिल्म ‘हम दिल दे चुके सनम’ ऐश्वर्या र सलमानको अभिनय रहेको यो  एकमात्रै फिल्म हो । फिल्म सँगै यी दुईलाई   लिएर बलिउडमा निकै चर्चा भएको थियो । तर अहिले भने यी दुईको  बोलचाल समेत बन्द भएको छ  ।  केहि समय अगाडी यी दुइको पुर्न झगडा समेत भएको थियो । सलमान खान बढी नै भावूक भएपछि उनीहरु दुईबीचको सम्बन्ध बिग्रदै गएको थियो  । र ऐश्वर्याले  सलमानलाई छाडेकी थिइन् ।

अक्षयकुमार र रविना टन्डन

दुईबीचको सम्बन्धबारे थाहा नहुने सायद कमै होलान । ९० को दशकमा रवीना बलिउडकी स्टार  थिइन् । उनी फिल्म ‘मोहरा’पछि अक्षयसँग नजिक भएकी थिइन् । रविना यस सम्बन्धलाई लिएर निकै गम्भीर हुन थालेकी थिन तर  अक्षय भने गम्भिर हुन सकेनन् । र रविनाले अनन्त  अक्षयलाई छाड्ने निर्णय गरिन ।

अमिताभ बच्चन र रेखा

बलिउडमा प्रेम प्रसंगमा  सबैभन्दा असफल जोडीका रुपमा रेखा र अमिताभलाई लिइन्छ । यी दुई फिल्म ‘दो अनजाने’मा एकसाथ अभिनय गरेका थिए र त्यस पछि यी दुई  नजिक पनि भए । अमिताभले कहिल्यै पनि रेखासँगको प्रेम स्विकारेनन् । यद्यपी, रेखा यस सम्बन्धका लागि तयार थिइन् । यसैक्रममा अमिताभले जयासँग विवाह गरे । त्यस पछी यी दुईले कहिल्यै एकसाथ फिल्म  खेलेनन् ।