रजनीकान्तको छेउमा बसेको कुकुरको मुल्य ४ करोड

निर्देशक पीए रञ्जीतको फिल्म ‘काला’ टिजर केही दिन अघि सार्वजनिक भएको छ । टिजर रिलिज संगै उनको चर्चा पनि बढिरहेको छ ।

साथै केहि दिन अगाडी फिल्मको एउटा पोस्टर सार्वजनिक भएको छ, जसमा रजनीकान्तका साथमा एउटा कुकुर देखिएको छ । अहिले पोस्टरमा देखिएको सो कुकुर किन्नको लागि रजनीकान्तका फ्यानहरुले ४ करोड रुपैयाँसम्म तिर्ने भएका छन् ।

कुकुर प्रशिक्षक साइमनका अनुसार जब मलेसियामा रहेका रजनीकान्तका फ्यानहरुले ‘काला’ को पोष्टरमा रजनीकान्तको छेउमा मणि नाम गरेको कुकुरको देखे, उनीहरु उसलाई किन्नका लागि करोडौँ रुपैयाँ तिर्न हानथाप गरिरहेका छन् । तर, आफूले मणिलाई आफ्नो बच्चा जसरी पालेको हुँदा ती अफरहरु ठुक्राएको उनले बताएका छन् । उनि भन्छन, ‘कसैले आफ्नो छोराछोरीको लिलामी गर्छ र ?’

फिल्म ‘काला’ २७ अप्रिलका दिन रिलिज हुँदैछ ।