सरल , सभ्य र राम्रो चलचित्र “पन्चेबाजा”

घनश्याम लामिछाने द्वारा निर्देशित चलचित्र पन्चेबाजा आजबाट देशव्यापि रुपमा प्रदर्शनमा आएको छ । पहिलो शोमा काठमाण्डौ बसेर रंगपत्रकारिता गरिरहेका पत्रकारहरुलाई देखाईयो । चलचित्र हेरेर निस्केका सबैले पन्चेबाजाको तारिफ गरेका छन् । पछिल्लो समयमा पब्लिसिटी मात्र हुने चलचित्र भने राम्रो नहुने गरेको बेला पन्चेबाजा नपत्याउदो चलचित्र बनेको प्रतिक्रिया आएको छ ।
चलचित्र अग्निदहन निर्देशन गरेर दर्शकको मनमा बसेका घनश्यामलाई यो चलचित्रले पनि राम्रो जस दिएको छ । त्यस्तै कृ चलचित्रबाट केही अपजस भोगेका कथाकार प्रदिप भारद्वाजको कथा पनि निकै राम्रो छ । पन्चेबाजाले प्रदिपलाई पनि राम्रो जस दिनेछ । सौगात मल्लको एकै किसीमको अभिनयबाट वाक्क भएकाहरुलाई पनि यो चलचित्र केही फरक लाग्न सक्छ त्यस्तै कर्माको फ्यानहरुलाई पनि न्याए हुनेछ । जस्मिन श्रेष्ठले पनि जस पाउने काम गरेकी छिन् ।
राजेश शाहिको लगानीमा निर्माण भएको पन्चेबाजा समग्रमा राम्रो चलचित्र बनेको छ ।