बलिउडका यी ४ कलाकार जो बिवाह पछि पनि छन् लभ अफेयरमा

कलाकारको लभ र अफेयर्सका समाचारले सधै बलिउड गर्माउने गरेको छ । यस्ता समाचारले कलाकारको फ्यानलाई समेत उत्साहित बनाउने गरेको छ । बलिउडमा केही यस्ता पनि कलाकार छन्, जो बिबाह पछि पनि लभ र अफेयरमा रहने गर्दछन् । जान्नुहोस् यस्ता 4 कलाकारहरुको बारेमा ।

अमिताभ बच्चन र रेखा
बलिउडमा अमिताभ बच्चन र रेखाको प्रेमको चर्चा अझै सुन्न पाइन्छ । जुन समय यी दुबै अफेयरमा रहेका थिए । सो समय अभिताभको बिबाह जयासँग भैसकेको थियो । तरपनि यी दुबैले लभ र अफेयरमा केही समय इन्जोय गरे ।

गोबिन्दा –रानी मुखर्जी

हिरो नम्बर वान देखि पार्टनरसम्मका अभिनेता गोबिन्दाले एक से एक चर्चित चलचित्रमा अभिनय गरेका छन् । गोबिन्दा र रानी मुखर्जीले पनि जोडीको रुपमा धेरै चलचित्रमा काम गरेका छन् । एक समय यी दुबै कलाकार अफेयरमा रहेका थिए । रानीसँगको अफेयरको समयमा गोबिन्दा बिबाहित थिए । अफेयरका कारणले पनि उनको बैबाहिक जीवनमा केही उतार चढाव आएको थियो ।