केक काट्दै खुशी सियर गरे शत्रु गते टिम : ‘रुपै मोहनी’ बोलको गीतले पायो १ करोड भन्दा धेरै भिउज

युटुबमा अपलोड भएको दुई महिना नपुग्दै फिल्म ‘शत्रु गते’ को ‘रुपै मोहनी’ बोलको गीतलाई एक करोड पटक हेरिएको छ । डिसेम्वर २९ मा युटुबमा अपलोड गरिएको यो गीतको भिडियोलाई फेब्रुअरी २२ सम्ममा एक करोड भन्दा बढी हेरिएको छ ।

गीतको भ्युज एक करोड भन्दा बढी भएको खुशियालीमा निर्माण पक्षले केक काटेका छन । फिल्मका निर्माता मह सञ्चारका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा फिल्म युनिटले केक काटेका छन् ।

सो अवसरमा फिल्मका कलाकारहरु दीपक राज गिरी , दीपाश्री निरौला , शिवहरी पौडेल , पल शाह , आँचल शर्मासंगै प्रस्तुतकर्ता किरण केसी र निर्देशक प्रदीप भट्टराई पनि उपस्थित रहेको छ ।

सोहि अवसरमा पलको पनि जन्मोत्सवलाई सेलिब्रेट गरिएको थियो । उनको केक काट्दै निर्माण पक्षले दिर्घायु तथा सफलताको कामना गरेको थियो । ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् ।

फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर बनाएका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका छन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ मा रिलिज हुने तयारीमा रहेको छ ।
हेर्नुहोस गीत: