‘ए मेरो हजुर २’ टिमले समेत गरे जलजलालाई सहयोग

‘ए मेरो हजुर २’ टिमले सुहाना इन्टरटेनमेन्टले उपचारत गायिका जलजला परियारलाई ७६ हजार नगद सहयोग गरेको छ । बिहिबार फिल्मका मुख्य कलाकार सलिनमान बनियाँ र निर्माता सुनिलकुमार थापाले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर जलजलालाई रकम हस्तान्तरण गरे ।

७६ हजार मध्ये ५१ हजार ‘ए मेरो हजुर २’को वेल्जियमस्थित बुर्गे प्रदर्शनबाट संकलन भएको हो । रकम एभरेस्ट नेपाली समाजले उपलव्ध गराएको हो । त्यस्तै २५ हजार रकम अमेरिका निवासी मुकेश सुवेदीले ‘मुकेश सुवेदी फाउन्डेशन’द्वारा सहयोग गरेका हुन् ।