विवाह हैन तर बच्चा चाहियो भन्ने नायिका : नीना गुप्ता

बलिउडमा करियरको उचाईमा पुगेका नायिका नीना गुप्ता सन् १९५९ जुलाई ४ मा दिल्लीमा जन्मिएकी नीना संस्कृत भाषामा मास्टर्स गरेकी छिन् र यसै भाषामा उनले एमफिल पनि गरिसकेकी छिन् ।

निना गुप्ताले टेलिश्रृङ्खला ‘खानदान’ मार्फत सानो पर्दाबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् । उनले यसैमार्फत सफलता हाँसिल गरेर बलिउडसम्मको यात्रा तय गर्न पुगिन् ।

तर निनाको त्यतिबेला चर्चा भयो जब उनको अफेयर वेस्ट इन्डिजका क्रिकेटर भिभियन रिचर्ड्ससँग सुरु भयो र त्यसपछि विवाह नै नगरी छोरीकी आमा बनिन् ।

जब रिचर्डले निनालाई भेटे तब त्यतिबेला उनी दुई सन्तानका पिता थिए र आफ्नी श्रीमतीसँग अलग्गिएर बसेको बताइन्छ । तर श्रीमतीसँग छुट्टिइसकेपछि पनि उनले निनासँग विवाह गरेनन् ।

निना गुप्ताकी छोरी मशाबा एक चर्चित फेशन डिजाइनर हुन् । निनाले आफ्नी छोरीलाई कहिले पनि पिताबाट टाढा राख्ने कोसिस गरिनन् । विशेष मौकामा मशाबा आफ्ना पितालाई भेट्ने गर्छिन् र दुबैबिच निकै राम्रो सम्बन्ध छ ।

टेलिभिजन सिरियल सांसबाट निना गुप्ताले इन्डियन टेलिभिजनमा एक नयाँ कहानीको सुरुवात गरिन् । श्रीमानले धोका दिएकी एक महिलाको भूमिकामा निनाले उत्कृष्ट अभिनय गरेकी थिइन् ।

नायक राजेन्द्र गुप्तासँग मिलेर निना गुप्ता आफ्नो एक थिएटर ग्रुप पनि चलाउँछिन् । छोरीको हेरचाहका लागि निनाले विवाह गरेकी थिइनन् तर ४९ वर्षको उमेरमा उनले जीवनसाथीको रुपमा विवेक मेहरा पाइन् र दुबैले सन् २००८ मा विवाह गरे ।