पकेटमनीका लागि बलिउडमा आएकी नायिका संग छ अहिले करोडौ पैसा !

शुक्रबारबाट मनोज बाजपाई र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘अथ्यारी’ प्रदर्शनमा आएको छ । फिल्मको सुरुवाती ब्यवसाय तेज तफ्तार पक्रन नसकेपनि राम्रो ब्यवसाय गर्न सफल भएको छ । फिल्मको कारणले अभिनेत्री स्कुल प्रीत सिंह पनि चर्चा छिन् । जो लामो समयपछि बलिउड अभिनयमा फर्किएकी हुन् ।

अभिनेत्री उनले फिल्म प्रचारका क्रममा मिडिया माझ आफ्नो जीवनका केही राज समेत खोलेकी छन् । आफु फिल्म अभिनय पकेटमनीका लागि प्रवेश गरेको उनले सो अवसरमा बताइन् । ‘२००९ को कन्नड फिल्म ‘गिल्ली’ मैले सिर्फ पकेटमनीका लागि साइन गरेको थिए ।’ उनले भनिन् ‘मलाई अन्दाज थिएन । त्यो फिल्म हिट हुन्छ भनेर ।’उनले साउथको ६१औं फिल्मफेयर अवार्डमा समेत बेष्टअभिनेत्रीको उपाधि उठाएकी छन् । ‘यारिया’ फिल्मत्रबाट बलिउड डेब्यु गरेकी उनि पहिलो फिल्ममा हिमांश कोहलीकासाथ देखिएकी थिइन् । फिल्ममा उनको मासुम मुस्कान र हिमांशका साथ रोमान्स दर्शकले निकै रुचाए । जसको कारण उनी बलिउडकी पनि स्टार बनिन् ।