‘नेपाल म्यूजिक अवार्ड २०७५’को नोमिनेशन फागुनमा १५ मा सार्वजनिक हुदै

‘नेपाल म्यूजिक अवार्ड २०७५’को नोमिनेशन १५ फागुनमा सार्वजनिक हुने भएको छ । चाहाना मिडिया आयोजक रहेको यो अवार्डको अहिले आवेदन फारम भर्ने काम सकिएको छ ।सन् २०१७ भित्र उत्पादन भएका विभिन्न नेपाली गीत संगीतले अवार्डमा आवेदन फारम भरेका छन् । आयोजकले अनलाईन प्रणाली मार्फत फारम भर्ने व्यवस्था मिलाएको थियो ।
अवार्डका लागि अनलाईनबाट करिब ११ सय तथा अन्य माध्यमबाट ३ सय बढीले आवेदन दिएको चाहाना मिडियाका अध्यक्ष एवं अवार्ड मुल आयोजक समितिका संयोजक सहदेव कोइरालाले बताएका छन् ।
३८ विधामा बाडिने अवार्डको उत्कृष्ट पाँच सुचि अहिले तयार भइरहेको छ । १५ सुचि सार्वजनिक गरेर २० गते उत्कृष्ट पाँच भित्र पर्नेलाई प्रमाण पत्र वितरण गरिने संयोजक कोइरालाले जानकारी दिएका छन् ।
‘नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान’ गर्ने उद्देश्यले आयोजना हुन लागेको अवार्डमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘लाइफ टाइम अचिभमेन्ट’अवार्ड, वरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछानेलाई लोक साहित्य सम्मान तथा प्राज्ञ हरिदेवी कोइरालाई विशेष सम्मान दिइनेछ समेत बताएका छन् ।
अवार्ड समारोह आगामी १५ बैशाखमा काठमाडौँको होटल अन्नपूर्णमा आयोजना हुने छ ।