चर्चित टेलिभिजन प्रस्तोता नारायण अब गायक

चर्चित टेलिभिजन प्रस्तोता भिजे नारायण कडरिया अब गायक बनेका छन्। नारायण आफैले रचना गरेको गीत जाम पारी पारी बाट उनि गायक बनेका हुन्।

लामो समय टेलिभिजनमा नेपाली गीत संगीत सम्बन्धि कार्यक्रम प्रस्तुत गरेका नारायण टेलिभिजन पर्दाका लोकप्रिय प्रस्तोता हुन् ।

गत सोमबार उनले आफ्नो पहिलो गीतको म्युजिक भिडियो समेत छायांकन गरेका छन् । फोटोपत्रकारिता संगै म्युजिक भिडियो निर्माणमा ब्यस्त बनेका नबिन बाबु गुरुङको निर्देशनमा उनले नायिका केकी अधिकारीसंग उनले अभिनय गरेका छन् ।