जितेन लेप्चाको ‘भन्नु पर्दा’मा दिपक बिश्वकर्मा र अन्जु (भिडियो सहित)

गायक जितेन लेप्चाको आवाज रहेको ‘भन्नु पर्दा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । एसियन म्युजिकको अफिसियल यु-ट्युब च्यानलमार्फत केहि दिन अघि मात्रै उक्त म्युजिक भिडियो सार्बजनिक गरिएको हो । गीतका शब्दहरु कुमार दुलालले लेखेका हुन् ।

गीतमा संगीत भने गायक जितेन लेप्चा आफैले भरेका छन् भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ । दिपक बिश्वकर्मा र अन्जु चौलागाईंलाई फिचर गरिएको म्युजिक भिडियोलाई सिन्चुरी सुरेश घमालले निर्देशन गरेका हुन् । भिडियोलाई मिलन शंखरले खिचेका हुन् भने नेत्र गुरुङले सम्पादन गरेका हुन् ।
 हेर्नुहोस भिडियो:
 https://www.youtube.com/watch?v=q-AvodVQiiE