‘ब्लाइन्ड रक्स’ प्रिमियर: लन्डन, हङकङपछि अब नेपाल

‘ब्लाइन्ड रक्स’ अभिरुची पुर्वक  हेर्ने फिल्ममध्ये पर्नेछ । लन्डनका दुई दर्जन सहर प्रदर्शनपछि प्रोफाइल फिल्मलाई हङकङमा हेरिएको छ । चीनको विशेष प्रशासनिक क्षेत्रमा नेपाली डायस्पोराले सोमबार प्रिमियर गरियो ।

निर्माता निकेश लिम्ब’ लन्डनबाट प्रिमियरमा सहभागि हुन्  हङकङ पुगे , उनका अनुसार  फिल्मलाई रुचाइएको छ ।  ‘हेर्नेमध्ये धेरैका आँखा रसाए’ उनले भने, ‘ज्ञान र मनोरञ्जनले दर्शकलाई बाँध्यो ।’

निर्माता लिम्बुलाई उक्त अवसरमा आयोजक संस्था नेपाल चलचित्र एसोसिएसनले सम्मान गरेको थियो । अध्यक्ष राज राईले सम्मान प्रदान गरे । मिलन चाम्स निर्देशित बायोपिक १ ८ गते नेपालभर प्रदर्शन हुदैछ  । रिलिज अगाडि भीआइपी सो समेत आयोजना गरिएको छ ।

किशोरावस्थमा दृष्टि गुमाएकी  युवती सृष्टि केसीको जीवनमाथि बनेको फिल्ममा बेनिशा हमालले मुख्य  भूमिका निभाएकी छिन् । गौरी मल्ल, अर्पण थापा, अनिल शाह लगायत समेत छन् ।