किन भयो बेबेक र बेनिशाको प्रेम र बिछोड ? (भिडियो हेर्नुस)

काठमाडौँ. बिबेक सिंह ठकुरी र बेनिशा हमाल नेपाली म्युजिक भिडियो क्षेत्रमा चर्चित र ख्याती प्राप्त नाम हो। यस भन्दा अघि धेरै म्युजिक भिडियोहरुमा एकै साथ अभिनय गरेर दर्शकको मनमा बस्न सफल भएका भी. जे. बिबेक र अभिनेत्री बेनिशा हमाल पुन: एक पटक सँगै देखिएका छन। गायक संजीव सिंहले पछिल्लो पटक गाएको  गीतको भिडियोमा यी दुई जोडीलाई देख्न सकिन्छ। ‘बितेर गयो दिन’ बोल रहेको उक्त गीतको भिडियोमा बिबेक र बेनिशाको प्रेम र बिछोडलाई निकै राम्ररी देखाउन खोजिएको छ। गीतको भिडियोमा प्रविन श्रेष्ठको निर्देशन रहेको छ।

भिडियो हेर्नुस :

 

गायक संजिव सिंह कै शब्द तथा संगीत रहेको उक्त गीत मोक्क्ष प्रोडक्सनको अफिसियल युब्त्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन सार्वजनिक गीत र भिडियोका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।