‘पन्चेबाजा’ हेर्न अब अभिभावक चाहिने

काठमाडौँ. निर्देशक घनश्याम लामिछाने निर्देशित चलचित्र ‘पन्चेबाजा’ सेन्सर पास भएको छ। आइतबार सेस्सर पास  भएको चलचित्रलाई सेन्सर बोर्डले पी.जी. सर्टिफिकेट  थमाएको छ। अब चलचित्रलाई हेर्न १६ बर्ष भन्दा मुनिका बालबालिकाहरुले अभिभावकको सहायता लिनु पर्नेछ।

सौगात मल्ल, जस्मिन श्रेष्ठ र कर्मा त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र  ‘पञ्चेबाजा’ राजेश शाहीको निर्माणमा बनेको हो । यस अघि चलचित्रको ट्रेलर र गीतले दर्शक मन जित्दै आएको छ। न्यू भेनस फिल्मस् को  व्यानरमा निर्माणमा बनेको यस फिल्मले एक गाउँका तीन पात्रहरुको कथा समावेश गरेको समेटेको बताईएको छ । चलचित्रमा बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाही लगायतको पनि मुख्य भूमिका छ ।