अनमोल निस्के हात्ती सफारीमा

काठमाडौँ. युवा स्टार अनमोलले करिब २ बर्ष पछि कमब्याक  गरेको चलचित्र ‘कृ’ आहिले दोश्रो सातामा प्रदर्शन भै रहेको छ।

चलचित्रले सोचे जस्तो प्रतिक्रिया नपाए पछि केहि तनावमा देखिएका अनमोल अहिले आफुलाई फ्रेस एण्ड अप पार्नका लागि आफ्नी दिदि काजलसँग चितवन पुगेका छन।

चितवनमा हात्ती सफारी गरेको तस्बिरहरु अहिले बाहिरी रहेका छन। खबरअनुसार, अझै केही दिन अनमोल फ्रेस हुनका लागि चितवनमा नै बस्नेछन् ।


अनमोलकी दिदि काजल अभिनेता भुवन के.सी.कि पुर्व पत्नी विजया के.सी.की छोरि हुन्, भुवनले आफ्नी छोरिको नाममा प्रोडक्सन कम्पनि खोलि चलचित्र करोडपति र ‘ड्रिम्स’,र ‘कृ’ जस्ता चलचित्रहरु दर्शकलाई दिई  सकेका छन।