‘रणवीर’को औपचारीक घोषणा !

काठमाडौँ. चलचित्र ‘रणवीर’ बन्ने भएको छ । आइतबार काठमाडौँमा पत्रकार सममेलन गरि निर्माण टिमले उक्त चलचित्रको घोषणा गरेको हो। एउटा पढेलेखेको युवक जीवनमा घट्ने घटनाहरुलाई समेटेर बन्न लागेको चलचित्र प्राची फिल्म्स र डी. आर. फिल्म्स प्राईभेट लिमिटेडको ब्यानरमा बन्न लागेको हो ।
गोबिन्द सिंह भण्डारीको कथा र निर्देशन रहने चलचित्रमा गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीको लगानी रहेको छ। चलचित्रमा चन्द्र पन्तको द्वन्द,गम्बिर बिष्ट र सुरेन बासेको कोरियोग्राफी रहने छ। काठमाडौँ, धनगडी, महेन्द्रनगर र डडेलधुरामा छायांकन हुने चलचित्रमा शुशील सिटौला, सुबेक्षा खड्का, सुपुश्पा भट्ट, टिका पहारी, प्रशान्त ताम्राकार आइडी कलाकारहरुको अभिनय रहने छ।