प्रियंका र सुरजले सम्झाउछन बचपनका याद – हेर्नुहोस भिडियो

एउटै कालो पाटीमा क ख र पढेको बिर्सीयौ कि कुसुम ?
ठुल्दाईको बिहेमा सेतो घोडा चढेको बिर्सीयौ कि कुसुम ?

बालापनका हरेक यादहरुलाई ताजा गराउने गित कुसुम ले यतिबेला दर्शकको निकै मन जितेको छ । हरेक मानिसको बालापनमा हुने घटना परिघटनालाई टपक्क टिपेर शब्दमा उनिएको यो गित सुन्दा जो कसैलाई पनि आफ्नै बालापनको याद आउने गर्दछ । हेमन्त शर्माको स्वर रहेको यो गितमा लेख कार्कीको शब्द रहेको छ ।

बिबि अनुरागीको शब्द संयोजन रहेको यो गितमा प्रियंका कार्की र सुरज सिंह ठकुरीको लोभलाग्दो क्यास्ट्री देख्न सकिनेछ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन ।

बाँकी भिडियो नै हेर्नुहोला-