‘ब्लाइन्ड रक्स’ नेपाल रिलिज अगाडि हङकङ प्रिमियर हुँदै

बायोपिक ड्रामा ‘ब्लाइन्ड रक्स’ नेपाल रिलिज अगाडि हङकङ प्रिमियर हुँदैछ । 

नेपाल चलचित्र एसोसिएसनले फागुन ६ गते बेनिशा हमालको प्रमुख भुमिका रहेको फिल्मलाई हङकङमा प्रदर्शन गर्न लागेको हो ।
प्रिमियरमा भाग लिन निर्माता निकेश लिम्बु लन्डनबाट त्यसतर्फ प्रस्थान गर्दैछन् । त्यसपछि नेपाल प्रिमियरमा उनको सहभागिता हुनेछ । मिलन चाम्स निर्देशित सिनेमा १८ फागुनमा नेपाल रिलिज हुँदैछ ।

प्रतिभावान दृष्टिविहिन युवती सृष्टि केसीको वास्तविक जीवनमाथि बनेको सिनेमा दर्शकका लागि अनुकरणीय हुने आशा निर्माताले लिएका छन् ।
हड.कड.मा भने नेपाल चलचित्र एसोसिएसनका अध्यक्ष राजु राईको बिशेष पहलमा प्रदर्शन गर्न लागिएको बुझिएको छ ।