‘कृ’कि अदिति बनिन सन्सस्क्रिन क्रिमको ब्राण्ड एम्बेस्डर

चर्चित मोडल तथा नायिका अदिती बुढाथोकी “जोय” कम्पनीको उत्कृष्ट उत्पादन जोय पपैया सन् डेल्ली नर्सिङ सन्सस्क्रिन क्रिमको ब्राण्ड एम्बेस्डर बनेकी छिन । राजधानीमा आयोजित एक कार्यक्रममा यो घोषणा गरिएको हो ।

कार्यक्रममा नेपालको लागि जोय कम्पनीका एकमात्र अधिकृत विक्रेता एस.एम.इन्टरप्राईजेजका डाइरेक्टर मनिकर्ण केशीर नायिका बुढाथोकीले संयुक्त रुपमा हस्ताक्षर गरेकी छिन ।

साथै अदितिले पपैयासनमा रहेको पपैयाको पोषणले त्वचालाई सूर्यको हानिकारक विकिरणबाट जोगाई त्वचामा स्वस्थता प्रदान गर्दै त्वचालाई चम्किलो बनाउने हुनाले आफूले धेरै वर्षदेखि पपैया सन प्रयोग गर्दै आएको समेत बताएकी छिन ।