अनुरागको ‘कान्छा दाई गाना बजाई देउ’ बोलको गीत सार्वजनिक

नेपाली फिल्म अनुरागको कान्छा दाई गाना बजाई देउ बोलको गीत सार्वजनिक भएको छ ।
ताराप्रकाश लिम्बु स्वर , ममता गुरुङ शब्द तथा ताराप्रकाश लिम्बु संगीत रहेको गीतमा सरोज अधिकारी ‘द कार्टुन क्रुज’, एलिजा गौतम
फिचरिङ रहेको छ भने बिक्रम स्वारले कोरियोग्राफि गरेका छन् ।

निर्देशक सत्यराज चौलागाई रहेको फिल्ममा भरत गौतम/गीता भेटवाल निर्माता रहेका छन् । एरिका फिल्मसद्वारा निर्मित यो फिल्ममा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेतलगाएतका कलाकारहरुको अभिनय रहेको छ । भने राम कुमार केसीले छायांकन गरेका हुन् ।
फिल्म जेठ ११ गतेबाट प्रर्दशनमा आउदै छ ।
हेर्नुहोस गीत: