शाहिदको भाई ईशान खट्टरको फिल्मको रिलिज डेट फिक्स

बलिउडका चर्चित नायक शाहिद कपुरका भाई ईशान खट्टरको पहिलो फिल्म ‘वियोन्ड द क्लाउड्स’ मार्च २३ मा रिलिज हुने भएको छ । साथै फिल्मको विश्वव्यापी रिलिज भने २० अप्रिलबाट हुनेछ ।

चर्चित इरानी फिल्म निर्देशक माजिद माजिदी निर्देशित ‘वियोन्ड द क्लाउड्स’भाई–बहिनीको सम्बन्धमा आधारित यो फिल्म भारतीय पुष्ठभूमिमा रहेको छ ।

ईशानसँगै फिल्ममा मालविका मोहननको पनि अभिनय रहेको छ । ईशानले सन् २००५ मा बाल कलाकारको रुपमा भारतीय सिनेमामा काम गरेका थिए ।