तेलगु फिल्ममा नेपाली नायक साथमा नेपाली गीत

कलिउड बलिउडमा मात्र नभएर तेलगु फिल्ममा समेत नेपाली युवाले आफ्नो नाम कमाउन सफल भईसकेको छन् ।
तेलगु फिल्मको टिमले काठमाडौँमा पत्रकार सम्मेलन गरि तेलगु फिल्ममा नेपाली युवा रहेको जानकारी दिएका छन । नेपालका विष्णु अधिकारी तेलगु फिल्म ‘एक’मा अर्पणा शर्माको साथमा मुख्य भूमिकामा देखिँदै छन् । उनको यो डेब्यु फिल्म हो।

सम्पथ रुद्ररापु निर्देशित फिल्ममा मन्त्र आनन्दले संगीत दिएका छन् । फिल्म नेपाली भाषामा पनि डब हुने बताइएको छ । जसका लागि नेपाली गीत पनि भिडियोसहित समावेश गरिएको छ । साथमा फिल्म ‘एक’को ट्रेलर समेत सार्वजनिक गरेका छन् ।

सार्वजनिक गीतमा मन्त्रु आनन्दकै संगीत रहेको छ भने एकतारेको शब्द छ। गीत अभिनेता विष्णु अधिकारीले गाएका छन् । विष्णु र अर्पणा फिचर्ड भिडियोलाई भने निवेश वारले निर्देशन गरेका हुन् ।
हेर्नुहोस ट्रेलर: