ऋचा बनिन आत्मा ‘सुनकेशरी’को डर लाग्दो टिजर सार्वजनिक (भिडियो)

अभिनेत्री तथा निर्मात्री ऋचा शर्माले पछिल्लो पटक निर्माण गरेको चलचित्र ‘सुनकेशरी’को टिजर सार्वजनिक भएको छ। केहि हप्ता अघि देखि हल हलमा प्रशारण हुदै आएको चलचित्रको टिजर अब भने युब्त्युबमा सार्वजनिक भएको छ। करिब ३५ सेकेन्ड लामो टिजरमा ऋचा शर्मालाई डर लाग्दो भूमिकामा देखाईएको छ। अभिनेता रबिन्द्र झालाई टिजरमा पनि समावेश गरिएको छ। झट्ट हेर्दा एउटा आत्माले बदला लिन खोजेको जस्तो लाग्ने टिजर एकदमै डर लाग्दो बनेको छ ।

हेर्नुस टिजर:

अर्पण थापा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा  बि.जी. ईन्टरटेमेन्ट, ऋचा फिल्म्स, द पिक पिक्चर्स र थर्ड आई पिक्चरले पनि सयुक्त रुपमा सहकार्य गरेका छन। ‘सुनकेशरी’ पूर्णतया हरर जनरामा बनेको चलचित्र भनेर निर्माण टिमले पहिलेबाटै जानकारी दिदै आएको छ। सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिएको चलचित्रको ट्रेलर भने यहि अप्रिल महिनामा सार्वजनिक गर्ने जानकारी अभिनेत्री तथा निर्मात्री ऋचा शर्माले दिएकी छिन्। अभिनेता अर्पण थापाको कथा, पटकथा र निर्देशन रहेको चलचित्रमा ऋचा शर्मा, भिम न्यौपाने र शर्मिला सापकोटाको लगानी रहेको छ चलचित्र यहि जेष्ठ ११ (मे २५)बाट देशभर प्रदर्शन हुदैछ।