जान्नुहोस ३ कलाकारको बारेमा जसले प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरे

कलिउड होस् या बलिउड कलाकारहरुको प्रेमको चर्चाले माहोल निकै तताउने गर्छ । एउटा संगको प्रेम सम्बन्ध टुटेको खबर सेलाउन नपाउदै अर्को संग प्रेममा परेको खबर चर्चामा आउनु ग्लामरको दुनियामा सामान्य मानिन्छ । यसै क्रममा डेटिङ, प्रेम र रोमान्समा रमाउने मात्र नभएर संगै जिउने सँगै मर्ने कसम खाएर लगनगाँठो कस्ने कलाकारको पनि फिल्मी क्षेत्रमा रहेका छन् । आज हामी तपाईहरुलाई प्रेम सम्बन्ध मात्र गास्ने हैन प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै जीवन भर सुख_दुखमा एक अर्काको ढाल बनेर साथ रहने कसम खाएका ३ कलाकारहरुको बारेमा बताउन गैरहेका छौ ।

जान्नुहोस कलिउडका ३ कलाकार जसले प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरे:

सीताराम कट्टेल र कुञ्जना घिमिरे (‘धुर्मुस’‘सुन्तली’)
हाँस्यशृङ्खला ‘मेरी बाँस्सै’ले यी दुवैलाई जोडीका रूपमा प्रस्तुत गरेको थियो । अभिनय सिलसिलामा दुवैले प्रेम महसुस गरे । अनि लगनगाँठो पनि कसे । अहिले अभिनय होस् या समाजिक काम दुवै एकसाथ हुन्छ । यी दुइको सन्तानका रूपमा एक छोरी छिन ।

निखिल उप्रेती र संचिता लुइटेल
निखिल र संचिताको मायाको बिजारोपण ‘माया त माया हो’ले गराएको थियो । त्यसपछि केही चलचित्रसँगै गरेका यी दुवैले भागेर विवाह गरे । दोस्रो बिहे गरेका कारण निखिलले केही समय तनाव पनि झेले । चलचित्र उद्योग छाडेर उनी भारत पनि रहे । अहिले निखिल र संचिता साथसाथ रहँदै आएका छन् । एक छोरा र एक छोरी छन् ।

झरना थापा र सुनिलकुमार थापा
अभिनेत्रीबाट निर्देशक बन्दै ‘ए मेरो हजुर २’ जस्तो सफल चलचित्र दिएकी झरनाले पनि निर्माता सुनिलकुमार थापासँग प्रेम बिहे गरेकी हुन् । कन्या क्याम्पस अध्यायन गर्दैगर्दै सुनिलले झरनालाई प्रपोज गरेका थिए । केही महिनामै बिहे गरेका हुन् । अहिले यो जोडीका एक छोरी छिन् । झरना र सुनिल चलचित्र निर्माणमा समेत सक्रिय छन् । यो जोडी नेपाली चलचित्रको एक सफल जोडीका रूपमा चिनिन्छ ।