सलमानको ‘लवरात्री’को पोस्टर सार्वजनिक

बलिउड स्टार सलमान खानले ‘खान फिल्मस्’ को व्यानरमा निर्माण गर्न लागेको नयाँ फिल्म ‘लवरात्री’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा हिरो–हिरोइन देखिएका आयुष शर्मा र वरिना हुसैनले फिल्ममा मुख्य भूमिका निर्वाह गर्दै छन् । फिल्म अहिले निर्माणाधीन अवस्थामारहेको छ । प्रेमकथामा आधारित फिल्मको निर्देशन अभिराज मिनावालाले गरेका छन् ।
फिल्मको २१ सेप्टेम्बरबाट प्रदर्शनमा आउने छ ।