‘साहेब बीबी और गेस्टर ३’को रिलिज डेट फिक्स,हेर्नुहोस सञ्जय दत्तको खतरनाक लुक्स

बलिउड नायक सञ्जय दत्तको अभिनय रहेको फिल्म ‘साहेब बीबी और गेस्टर ३’ को रिलिज डेट फिक्स भएको छ । तिग्मांश धुलियालको निर्देशन रहेको यो फिल्म २७ जुलाईबाट प्रदर्शनमा आउदै छ । फिल्म रिलिजको २ दिनपछि २९ जुलाईमा सञ्जय दत्तको जन्मदिन पनि परेको हुनाले सञ्जय फिल्मलाई लिएर निकै उत्साहित रहेका छन् । सञ्जय लामो समयपछि डि रोलमा देखिन लागेका छन् । उनको लुक्स पनि सार्वजनिक भएको छ । सञ्जय फिल्ममा गैंगस्टारको भूमिकामा देखिदै छन् । भने फिल्ममा माही गिल, चित्रांगदा सिंह र जिमी शेरगिल लगाएतले मुख्य भूमिका निर्वाह गरेका छन ।