साहिदकि पत्नी मिरा योनकर्मीबाट त्रसित:साहिद घर खोज्दै

बलिउड नायक साहिद कपुर केहि समय अघि  फिल्म ‘पद्मावत’मा देखिएका थिए । विवादै विवाद भएता पनि फिल्मे बक्स अफिसमा राम्रो व्यापार गरेको थियो ।

साहिद र उनकी श्रीमती मीरा राजपूत पछिल्लो समय निकै टेन्सनमा रहेका छन् । मीरा र साहिद मुम्बईको जुहुस्थित प्रणेता अपार्टमेन्टमा बस्दै आएका छन् । यो इलाका यौनकर्मीको लागि चर्चित इलाका हो । साहिदको घरबाट झन्डै आधा किलोमिटर दुरीमा रहेको जुहु बीचमा यौनकर्मीहरु खुलेयाम व्यापार , दलाल र यौनकर्मीहरुले खुलम खुला डिल गर्ने गर्दछन । त्यसैले साहिदलाई यस इलाकामा आफ्नो परिवारसँग बस्‍न मुस्किल हुदै गरेको र यी सबै समस्याहरुलाई ध्यानमा राखेर साहिद र मीराले घर सर्नेबारे सोच बनायिरहेका छन् । साहिदले यो अपार्टमेन्ट ४ वर्षअघि मात्रै किनेका थिए । त्यतिबेला उनले विवाह गरेका थिएनन । अहिले उनि विवाहित भएको कारण यौनकर्मीहरुको इलाकामा बस्‍न उनकी श्रीमतीलाई अप्ठेरो लाग्छ । त्यसैले अब उनीहरु नयाँ घरमा सर्ने योजना बनाउदै छन् ।