‘ट्वान्टी फस्ट लभ’को ट्रेलर सार्वजनिक

युवा पुस्तालाई लक्षित गर्दै निर्माण गरिएको सिरिज ‘ट्वान्टी फस्ट लभ’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच सिरिजको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको मुख्य भूमिका रहेको छ । सरिन पोखरेलको कन्सेप्ट, स्क्रिप्ट तथा निर्देशन रहेको ‘ट्वान्टी फस्ट लभ’मा सरोज र आश्मासँगै अनुष्का अधिकारी, संयोग गिरी, विजय अधिकारी, निशान्त सुवेदी, दृशी श्रेष्ठ,पवन शाक्य, अञ्जन शर्मा, राधा श्रेष्ठ, खगेन श्रेष्ठ, कमल अधिकारी र रश्मि भट्टको अभिनय रहेको छ । ईश्वर गुरुङ कार्यकारी निर्माता रहेको यस सिरिजलाई मिलन शंकर र ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।
यो सिरिज मार्च १ देखि कान्तिपुर टेलिभिजनबाट पनि प्रसारण हुदै छ ।
हेर्नुहोस ट्रेलर: