सुस्मिता अनिशको स्वरमा तमोर आकाश बोलको गीत सार्वजनीक

बंगलादेशकै चर्चित गायिका सुस्मिता अनिशको स्वरमा रहेको तमोर आकाश बोलको गीत सार्वजनीक भएको छ । गीत सोहेल अर्मनले लेखेका हुन् । संगीत निर्देशक अदितको संगीत रहेको यस गीतको म्यूजिक भिडियोलाई अर्फूज्जामनले छायाँकन गरेका हुन् भने वाम्मी रहमानले सम्पादन गरेका हुन् । यस गीतको म्यूजिक भिडियो र कलाकार छनौटका लागि नेपालबाट चित्रकार एवं गायक ज्योतिप्रकाशले संयोजन गरेका थिए । म्यूजिक भिडियोमा अभिनय गर्दै आएका धेरै मोडलहरुमध्ये नारायण ढकाललाई मन पराएको ज्योतिप्रकाशले बताए ।
हेर्नुहोस भिडियो: