लिलिबिलिको दोस्रो गीत सार्वजनिक

फिल्म लिलिबिलिको दोस्रो घुम्न जाउ है इन्जिन गाडीमा बोलको गीत सार्वजनिक भएको छ ।
स्कटल्याण्डमा सुटिंग भएको गीतलाई एस डी योगीले आफ्नो सुमधुरस्वर दिएका छन् । गीतमा प्रदिप खड्काले नायिका जसिता गुरुङलाई फकाई रहेको देख्न सकिन्छ । भने यो गीतको कोरियोग्राफर कविराज गहतराजले गरेका छन् ।

मिलन चाम्सल निर्देशक रहेका फिल्म लिलिबिलीमा मिलन चाम्स , गोविन्द शाही , सुदिप खड्का निर्माता रहेका छन् । भने फिल्मलाई सुदिप बरालको छायांकन रहेको छ । फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्स लागेको कलाकारहरुको भूमिका रहेको छ ।
फिल्म लिलिबिली चैत ७ मा रिलिज हुने तयारीमा रहेको छ ।
हेर्नुहोस भिडियो: