एक पछि अर्को सफलता हात पार्दै प्रियंका

बलिउडकी चर्चित नायिका प्रियंकालाई एक पछि अर्काे सफलता मिलिरहेको छ । सफल हुने क्रममा अहिले उनी विश्वभरका ५०० प्रतिभाशाली व्यक्तिको सूचिमा पर्न सफल भएकी छिन ।

यो सुचिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कार्यक्रम प्रस्तोता ओपरा विनफ्रे, रिचर्ड ब्रान्सन र बिल ग्रेट्स जस्ता व्यक्तिहरु पनि पर्न सफल भएका छन् । प्रियंकाको नाम यो सूचिको १५औ स्थानमा रहेको छ । सुचिमा हलिउड स्टार एमा स्टोन, सेलेना गोमेज, लेडी गागा जस्ता केही कलाकार समेत परेका छन् ।

पछिल्लो समय अमेरिकी टिभी सोमा काम गरिरहेकी प्रियंका यही कारणले पनि सोसल मिडियामा हिट भइरहेकी छन् । प्रभावशाली मानिसको सूचिमा आफ्नो नाम परेकोमा उनले खुसी ब्याक्त गरेकी छन् ।

प्रियंका अहिले अमेरिकी टिभी शोको तेस्रो सिक्वेल सुटिंग गरिरहेकी छन् । उनी छिट्टै हलिउड फिल्ममा पनि देखिँदै छिन् ।